काठमाडौं , नेपाली कांग्रेस संसदीय दलले राहत शिक्षकमाथि प्रहरीले गरेको दमनको निन्दा गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले वक्तव्य जारी गरी ‘‘विगत लामो समयदेखी सामुदायिक विद्यालयमा अध्यापनरत राहत शिक्षकहरुले सोमबार बेलुका नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गर्दै गरेको अवस्थामा प्रहरीले हस्तक्षेप गरी अन्धाधुन्द बल गरी महिला शिक्षकहरुलाई दुव्र्यहार गरेको र प्रहरीको दमनबाट दर्जनौं घाइते भएको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।
‘‘शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकार माथि वर्तमान सरकारले अंकुश लगाउने कार्य गरिरहेको वक्तव्यमा भनिएको छ । यस घटनाले सरकारको निरकुंश चरित्रलाई उदाङगो बनाएको छ । सोमबार भएको अमानवीय घटनाप्रति नेपाली कांग्रेस संसदीय दल घोर निन्दा र भत्र्सना गर्दछ । नेपाल सरकारलाई राहत शिक्षकहरुको माग पुरा गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । साथै प्रहरीको धरपकडमा घाइते भई अस्ततालमा उपचार गराई रहनु भएका शिक्षक साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’’