काठमाडौं , विद्यालयको अन्तिम परीक्षाको समयमा स्रोत व्यक्ति, सट्टा शिक्षकहरु सडकमा उत्रिएका छन्। आइतबार दिउँसो उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।विद्यालय नै छोडेर करिब १२ सयबढी शिक्षकहरु आइतबार बिहानदेखि आन्दोलनमा उत्रेका हुन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्रोत व्यक्तिलाई साविककै दरबन्दीमा काज फिर्ता गर्ने र उनीहरुको स्थानमा सट्टा नियुक्त भएका शिक्षकलाई माघ महिनाको तलब तथा भत्ता दिएर हटाउने निर्णय गरेको थियो।