सनातन हिन्दू राष्ट्र कायम हुनु पर्छः बिश्लेषक बिष्णु प्रसाद शर्मा,

१९ फाल्गुन २०७५, आईतवार १३:४६

काठमाण्डौं, बिश्लेषक बिष्णु प्रसाद शर्माले राजनीतिमा नैतिक शिक्षाको अभावका कारण र पश्चिमी प्रभावले गर्दा हाम्रो देशको रिति रिवाज, संस्कृति , परम्परा तथा धार्मिक आस्थामा असर परेको बताउनु भएको छ । आयोखवर संग कुरा गदै शर्माले उक्त कुरा बताउनु भएको हो । उहाँले यस्ता गलत क्रियाकलाप रोक्न बौदिक बर्गदेखी सचेत युवाहरु लाग्नु पर्ने बताउनु भयो । उहाँले नेपालको हिन्दु राष्ट्रको पहिचान खोसेर धर्म निरपेक्षता बनाउन राजनीतिमा नैतिक शिक्षाको अभाव भएका प्रमुख राजनीतिक दल र तिनका नेताहरु दोषी रहेको बताउनु भयो । देश टुक्रयाउनुपर्छ भन्नेलाई सरकारले कारबाही गर्न नसकेको समेत शर्माले आरोप लगाउनु भयो । देशमा विखण्डनकारी सक्रिय भएको र अर्कातिर मुलुकमा राजनीतिक संकट निम्तिएको उहाँले बताउनु भयो ।मुलुकमा विदेशी चलखेल बढ्दै गएको बताउँदै उहाँले यस्ता गतिबिधि रोक्न सरकारलाई सचेत गर्नु भयो । उहाँले शान्ति प्रक्रिया टुंगिएको १२ वर्ष भए पनि देशमा शान्ति नभएको र मुलुकको राजनीतिक अवस्था संकटग्रस्त रहेको बताउनु भयो । धर्म निरपेक्षता, गणतन्त्र र संघीयताले देशलाई निकास दिन नसकेको तर्क गदै बिश्लेषक शर्माले सनातन हिन्दू राष्ट्र कायम हुनुपर्ने बताउनु भयो । उहाँले धार्मिक आस्था भित्रको महाशिवरात्री पर्वमा सरकारी निकायबाट कुनै चासो नदेखाएको र सन्यासी , सन्त साधुहरुलाई जुन सम्मान गर्नु पर्ने हो, त्यो केही नदेखीएकोमा आपत्ति जनाउदै दुख्ख ब्यक्त गर्नु भयो ।