सिग्देलको नयाँ गीत ‘छोरो’ सार्वजनिक

१८ फाल्गुन २०७५, शनिबार १५:१४

काठमाडौं, लोक गायक पुरुषोत्तम सिग्देलको नयाँ गीत ‘छोरो’ सार्वजनिक भएको छ । तनहुँको किहुँमा जन्मिएर जापानलाई कर्मथलो बनाउँदै आएका गायक सिग्देलले नेपाली गीत संगीतलाई पनि मध्यनजर गर्दै दर्जन भन्दा बढी आफ्ना गीतिसंग्रह बजारमा ल्याइसकेका छन् ।