डा दिनेशनाथ गोगलद्वारा लिखित पुस्तक एक सर्जनको गाथा प्रकाशित

१८ फाल्गुन २०७५, शनिबार १०:४१

काठमाडौं, डा दिनेशनाथ गोगलद्वारा लिखित पुस्तक एक सर्जनको गाथा प्रकाशित भएको छ । पुस्तक केही दिनअघि विमोचन भएको हो । डा मधु देवकोटाले आफ्नो नजरमा गोगल चरित्रका धनी, कर्तव्यपरायण, अल्पभाषी तर मृदुभाषी भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘डा गोगलजस्ता भद्र व्यक्तिलाई गुरुका रूपमा पाउने मेरा श्रीमान् डा। उपेन्द्र देवकोटा निकै भाग्यशाली हुनुहुन्छ, आजको दिनसम्म यदि उहाँ जीवित भएको भए हर्षले निकै पुलकित हुनुहुन्थ्यो ।’
डा केदारभक्त माथेमाले नाम्सको पूर्वउपकुलपति डाक्टर गोगलको कार्यकाल स्वर्णयुग भएको बताउनु भयो । अहिले त्यही नाम्समा उपकुलपति खाली हुनु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ थियो । एनडी जोशीले आफूलाई डा गोगलको व्यक्तित्वले असाध्यै प्रभाव पारेको बताउनु भयो । पुस्तक घोस्ट राइटिङ नेपालले प्रकाशित गरेको हो ।