११ वर्षसम्म बाख्रा फार्ममा बन्धक

१७ फाल्गुन २०७५, शुक्रबार ११:४७

काठमाडौँ , अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् । सँगै थिए जेठो छोरा र देवर । उनको मोबाइलमा तारन्तार घण्टी बजिरहेको थियो । सबैको एउटै प्रश्न थियो, ‘सत्यनारायण आइपुग्यो
रूपन्देहीको तिलोत्तमा नगरपालिका–७, भलवाडीका ५० वर्षीय सत्यनारायण चौधरी साउदी अरबको हायलस्थित बाख्रा फार्ममा । उनी ११ वर्षपछि अघिल्लो साता नेपाल फर्किएका छन् ।उनी एकै खालको जवाफ दिइरहेकी थिइन्, ‘मान्छेहरू बाहिर आइरहेका छन् । खै हाम्रा मान्छेनिस्किएका छैनन् ।’ताराका श्रीमान् सत्यनारायण चौधरीलाई साउदी मालिकले ११ वर्षदेखि नेपाल पठाएको थिएन । जबर्जस्ती श्रम गराई बाख्रागोठमा काम लगाइराखेको थियो । एक पाकिस्तानीले तारालाई फोन गरी सत्यनारायणलाई नेपाल पठाएको खबर दिएका थिए । त्यसैका भरमा उनी तिलोत्तमा नगरपालिका–७, भलवाडी, रूपन्देहीबाट रातारात आइपुगेकी थिइन् ।
एक घण्टा कुर्दा पनि सत्यनारायण बाहिर निस्किएनन् । खबर साँचो थियो कि झूटो ? उनमा बेचैनी बढदै थियो । आए–नआएबारे बुझ्न प्रहरीको सहयोग लिइन् । दुबईबाट आउने विमानमा रहेका यात्रुको सूचीमा सत्यनारायणको नाम देखेपछि ढुक्क भइन् ।
साढे चार बजेतिर आगमन कक्षबाट मैलो लुगा लगाएका सत्यनारायण निस्किए । ताराले परैबाट चिनिहालिन् । घरबाट बिदाइ गर्ने बेलाजस्तो शरीर थिएन । कपाल आधा फुलिसकेछ । अनुहार ख्याउटे भएछ । ११ वर्षपछि परिवारलाई भेटदा दुवैका आँखा रसाए ।
सत्यनारायणले आफूलाई सम्हाल्नै सकेनन् । निकै बेरसम्म रोइरहे । केही बोल्न सकिरहेका थिएनन् । नजिकै रहेका जेठा छोरालाई चिन्न सकेनन् । ताराले चिनाइदिइन् । उनी साउदी जाने बेला जेठा छोरा ८ वर्षका थिए । आफ्नै अगाडि उभिइरहेका १९ वर्षे लक्का जवानलाई चिन्न नसक्नु तारालाई स्वाभाविकै लाग्यो ।
‘जे भयो, अब तनाव नलिनुस्,’ ताराले पतिलाई सम्झाउँदै भनिन्, ‘तपाईं फर्केर आउनुभयो । हातखुट्टा केही भएको छैन । हाम्रा लागि योसबभन्दा ठूलो खुसी हो ।’
भलवाडीका ५० वर्षीय चौधरी कुवेत हिँडेका थिए । एजेन्टले भारतको मुम्बईबाट साउदी पठाइदियो । उनी साउदीको हाइल सहरदेखि झन्डै ४० किलोमिटर टाढा अलगाइदस्थित साउदी नागरिक निताफ दवीको घरेलु कामदार थिए । निताफको ५० बिघाको जमिनमा तरकारी र भेडाबाख्रा फार्म थियो । फार्ममा १ सय ५०वटा त बाख्रामात्रै थिए ।
‘उसले सधैं डरैडर देखाएर राख्यो । भोलि, पर्सि भन्दै नेपाल पठाउँदै पठाएन,’ सत्यनारायणले भने, ‘सुरुमा म जाँदा ७ कामदार थिए । नेपाली ममात्रै थिएँ । उनीहरू कोही भागेर अन्यत्र काम गर्न गए । कोही बिदामा गएपछि फर्केनन् ।’ निताफले कामदार भागेपछि र बिदामा पठाएको पनि नफर्केपछि सोझो सत्यनारायणलाई घर पठाइदिएनन् । उनी पनि एकपटक भागेका थिए । श्रम अदालत पनि पुगे । ‘उसका छोरा र भाइ प्रहरी हुन्, म भागेर गए पनि खोजेर फिर्ता ल्याए, श्रम अदालतमा चाहिँ अर्को महिना पठाइदिन्छु भनेका थिए,’ उनले भने, ‘तर घर फिर्ने दिन जुर्दै जुरेन ।’
साहुले तलब भने नियमित रूपमा तारालाई पठाइदिन्थे । सुरुको दुई वर्ष चार सय रियाल तलब थियो । त्यसपछि क्रमशः पाँच सय, ६ सय हुँदै ७ सय पुग्यो । पछिल्लो समय ९ सय रियाल दिएको थियो । सत्यनारायणसँग ताराको नियमित कुरा हुँदैनथ्यो । कहिलेकाहीँ साहुसँग पनि ताराको कुरा हुन्थ्यो । उनी सधैं श्रीमानलाई पठाइदिन अनुनयविनय गर्थिन् । उनको अनुरोधले निताफलाई छुदैनथ्यो । कति ‘गिर गिर’ ९कचकच० गरेको भनेर उल्टो तारासँग रिसाउँथे ।
‘तिमीहरूलाई पैसा चाहिएको हो । मैले हरेक महिना पठाइदिएको छु, धेरै किचकिच नगर,’ तारालाई साहुको जवाफ एउटै हुन्थ्यो, ‘तिम्रो श्रीमान्लाई यहाँ तनाव छैन । बस्न पाएकै छ । खान पाएकै छ । किन चिन्ता लिनु रु म पैसा पठाइदिन्छु, ऊ यतै काम गर्छ । तिमीहरू ढुक्कले बस ।’
तारासँग अरू उपाय थिएन । बन्दी झैं काम गरिरहेका सत्यनारायणसँग झन् के विकल्प होस् रु उनलाई त्यो मजराबाट बाहिर जान रोक थियो । बाहिरी मानिससँग बोल्न पाउँदैनथे । उनले भनेको नमान्दा पिटाइ खानुपर्थ्यो । ‘जेल पठाइदिने डर हुन्थ्यो, कहिले अरूलाई भेट्ने र आफ्नो कुरा राख्ने काम गरिनँ,’ सत्यनारायणले भने । उनको नजिकै एक पाकिस्तानी काम गर्थे ।
उनले सत्यनारायणमाथि भइरहेको यातनाबारे विष्णु खड्कालाई जानकारी दिए । खड्का नेपाली प्रवासी समाज हायल क्षेत्रका पूर्वउपाध्यक्ष थिए । हायल क्षेत्रमा रहेका नेपालीलाई संगठित गर्ने र समस्यामा परेकाको उद्धारका लागि नेपाली दूतावाससँग समन्वय गर्ने काम गर्दै आएका थिए ।
साहु नभएको मौका पारी पाकिस्तानीको सहयोगमा सत्यनारायणले खड्कासँग भेटेर यथार्थ सुनाए ।खड्काले आफ्ना अध्यक्ष होमराज बास्तोलालाई उनीबारे जानकारी दिए । होमराज दूतावासको सहयोगीका रूपमा त्यस क्षेत्रमा नेपालीको हितमा काम गर्थे । उनले साहुलाई भेटेर कुरा गर्न खोजे तर साहुले भेट्न चाहेनन् ।
रियादबाट झन्डै ८ सय किमि पर चौधरीको अवस्था बुझ्न नेपाली दूतावासका उपप्रमुख आनन्दराज शर्मा र जेद्दास्थित नेपाली महावाणिज्य दूत रेवती पौडेल ९ महिनाअघि पुगे । चौधरीलाई भेटेर उनीहरू साहु निताफको घरमै पुगे । ‘१५ दिनभित्र नेपाल पठाइदिन्छु,’ उनले दूतावाससँग समय माग्यो । सबै हिसाबकिताब गरेर पैसा दिई स्वदेश पठाउन भन्दै उनीहरू फर्किए । साहुले पठाइदिएन । टाढा भएकाले दूतावासका अधिकारीहरू घरीघरी चौधरीको कार्यस्थल पुग्न गाह्रो थियो । दूतावासको यत्रो पहलपछि पनि नपठाउँदा सत्यनारायणलाई लाग्न थाल्यो– अब यो जुनीमा देश फिरेर आफ्ना परिवारसँग भेट्न पाउनेछैन ।
उनी बिहान ६ देखि राति ९ बजेसम्म काम गर्थे । बाख्राको रेखदेख र सरसफाइमै दिन बित्थ्यो । उनले पहिलेजस्तो मिहिनेत नगरेको भन्दै साहुले झर्कीफर्की गर्थे । नेपाली प्रवासी समाज र दूतावासले भने चौधरीको साहुलाई पछ्याउन छाडेका थिएनन् । फागुन ८ गते दूतावासका द्वितीय सचिव भरत खनाल भाषा अनुवादक निजामुद्दिनलाई लिएर निताफको मजरा पुगे । संयोगले उनी त्यहीं भेटिए । ‘तिमीले चौधरीलाई नेपाल नपठाएसम्म हामी रियाद फर्किनेवाला छैनौं,’ खनालले चेतवानी दिए, ‘अब फर्काउन आलटाल गरे प्रहरी बोलाउँछु ।’
दूतावासको चेतावनीपछि बल्ल साहु गले । उनले हतारहतार कसैलाई जानकारी नदिई अघिल्लो बिहीबार राति नै सत्यनारायणलाई नेपाल पठाइदिए । काम गर्दा जुन कपडा लगाइरहेका थिए, त्यही लगाएर स्वदेश फर्किए । ‘त्यत्रो वर्ष काम गरेको केही पुरस्कार
उपदान रकम दिएन, मैले सकेसम्मको सेवा गरें, कम्तीमा ५ हजार रियाल त दिनुपर्ने हो, बाटो खर्च भन्दै ६५ रियाल दियो,’ सत्यनारायणले दुःखमनाउ गरे, ‘मलाईरित्तै घर पठाइदियो ।’
उनी अहिले आफ्नो गाउँ भलाडी पुगेका छन् । ‘भलाडी मैले छाडेको जस्तो छैन, सहर भइसकेछ,’ उनले भने, ‘छिमेकी पनि सबै नयाँ आइसकेछन्, कोही पनि चिन्न सकिनँ । म घरबाट बाहिर निस्किएको छैन ।’ ताराले पनि उनलाई एकपल छाडेकी छैनन् । ‘मेरो आशा मरिसकेको थियो । एक्कासि श्रीमान् घर आइपुग्दा हामी निकै रमाएका छौं । हामीलाई केही चाहिएको छैन,’ उनले भनिन् ।
यो समाचार आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेख्नु भएको छ ।