११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय छः कमल थापा

२८ फाल्गुन २०७५, मंगलवार १०:५९

बुटवल , राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष कमल थापाले सिके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय रहेको बताउनु भएको छ । विखण्डनकारी गतिविधिलाई राउतले यथावत राखेकाले तत्काल कारबाही गर्नसमेत थापाले माग गर्नु भयो । जनकपूरमा सिके राउत समर्थकले गरेको प्रदर्शन आपत्तिजनक भएको प्रतिक्रिया थापाले दिनु भयो । विखण्डनकारी नारा लगाउँदा समेत सरकार मुकदर्शन बनेको भन्दै उहाँले सीके राउतलाई तत्काल कारबाही गर्न सरकारसँग माग गर्नु भयो ।‘सहमतिका बुँदाबारे उठाइएको प्रश्नको जवाफ दिनुपर्नेमा सरकारले प्रतिरोध गरेको भन्दै उहाँले आक्रोस पोख्नु भयो । दिल्लीको १२ बुँदे समझदारीपछि बढेको बाह्य हस्तक्षेपले अहिले राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि नै खतरा पैदा गराएको विश्लेषण थापाको छ ।विखण्डनकारी आवाज सतहमा आएको भन्दै थापाले त्यो नकारात्मक दिशातर्फ बहेको १२ वर्षे राजनीतिको परिणाम भएको टिप्पणी गर्नु भयो ।