सिके राउतका कार्यकर्ताले गरे प्रदर्शन

५ चैत्र २०७५, मंगलवार १७:२२

सिरहा, डा सीके राउतका कार्यकर्ताहरुले आज लहानमा प्रदर्शन गरेका छन । नवगठित जनमत पार्टीले लहानमा आज प्रदर्शन गरेको हो । सरकारसँग ११ बुँदे सम्झौतालाई ऐतिहासिक सफलता मान्दै नवगठित जनमत पार्टीले प्रर्दशन गरेको जनाएको छ । प्रदर्शनका क्रममा डा राउतले लहानस्थित मधेस आन्दोलनका शहिद रमेश महतोलगायतको शालिकमा माल्यार्पण गरेका थिए ।