पूर्वमुमा बडामहारानी सिकिस्त, पूर्व राजा ज्ञानेन्द्र जिल्ला भ्रमण स्थगित गरि काठमाडौँ फर्किँदै

२२ फाल्गुन २०७५, बुधबार १३:२०

काठमाडौँ , पूर्वमुमा बडामहारानी रत्न राज्य लक्ष्मी शाह एक सातादेखि बिरामी परेपछि यतिबेला थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिनु भएको छ । ९१ वर्षीया रत्नलाई खोकी लाग्ने, कफ निस्कन गाह्रो हुने समस्या देखिएपछि खोकीको औषधी चलाइएको अस्पतालले जनाएको छ ।उहाँलाई पातलो दिशा हुने र पिसाब कम हुने समस्या समेत देखिएको हुँदा हिंजो मंगलबार साँझ अस्पताल भर्ना गरिएको थियो ।
मुमा बडामहारानीको विस्तृत स्वस्थ्य जाँच सुरु गरिएको र उहाँलाई डा। खगेन्द्रबहादुर श्रेष्ठ, डा। मृगेन्द्रराज पाण्डे, डा। मधु घिमिरे र डा। ब्रजेन्द्र श्रीवास्तवको प्रत्यक्ष रेखदेखमा उपचार सुरु गरिएको छ । उहाँको सीघ्र स्वास्थ्यलाभको कामनाका लागि हस्पिटल परिसरमा स्वास्थ्यलाभ कामना पुस्तिका राखिएको नर्भिकले जनाएको छ ।यता पूर्व श्री ५ मुमा बडामहारानी रत्न सिकिस्त भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउसो २ बजे काठमाडौं आउँदै छन् । एक महिनादेखि पोखरा बस्दै आउनु भएका पूर्वराजाले अरु आफ्ना सबै कार्यक्रम स्थगित गरि काठमाडौं आउन लागेको बताइएको छ ।
नेपाल समाचारपत्रबाट