देश भुटेर जनता भासेर कस्तो शासन गर्ने ?

५ चैत्र २०७५, मंगलवार १६:०४

बिष्णु प्रसाद शर्मा

जनताको गास , बास, कपास , र पानी जस्तो महत्वपूर्ण तत्वको अभावले छट्पटाइरहेको हेर्ने र समस्याको समाधान गर्ने काम सरकारको हो । बालवाला देखी भूतपूर्व सम्मको सबै खाले बिशिष्ठले आफनो सेवा सुविधा बढाउन कानुन बनाउन तत्परता देखाएका छन । तर देश र जनताका लागी के गरे त ? नेपाली जनताले आफनो पेट काटेर कर तिर्छन भने शासकहरु कानुन बनाएर त्यसैको दुरुपयोग गर्दै भिडतन्त्रको संरक्षण गर्दछन । लोकतन्त्रले देशको ढुकुटी खोक्रो बनाई सकेको छ । अव आम जनता सचेत र सजग हुनु पर्ने आबश्यकता देखिएको छ । सरकार जनता प्रति जिम्मेवार देखिएको छैन । यो सरकारबाट जनताले आश गर्नु बेकारको कुरा हो । यो सरकारले देश र जनताका लागी केहि पनि गदैन । अहिलेको बर्तमान अवस्था हेर्दा मुलुक मुठभेड तिर जान थालेको संकेत देखिन्छ । यो सरकारबाट देशको बिकास र भलो हुन्छ भन्र्ने कुरा भ्रम मात्र हो । देशमा फेरी अशान्ति सुरु हुन थाल्यो । कसरी देशको भलो हुन्छ ? देशलाई धोका थियो , २०६३ बैशाख ११ गतेको सम्झौता उलंघन । तत्कालीन सात दलले राजा संग २०४७ सालको संविधानलाई मान्र्ने र राजाले संसद पुनःस्र्थापना गरिदिनु पर्ने समझौता भएको थियो । तर आठ दल भए पछि त्यो सम्झौता उलंघन गरियो र आतंकबाट शहर छिरेकालाई एमाले सरहको स्थान दिने अधिकार जनतालाई मात्रै थियो । तर जीपीलाई थिएन । उनले देश र जनतालाई धोका दिएका थिए । एमाले पहिला देखि छविलाल संग नजिक थियो । अप्रत्यक्षरुपले उसले सवै सहयोग गरिरहेको थियो । आज उनीहरु मिलेका छन जनताको अपेक्षालाई बेवास्था गरिराखेका छन । असन्तुष्ट पक्षबाट आवाज उठि नै रहेको थियो र उठिनै रहन्छ । काँग्रेस , कम्युनिष्टहरुले देश बनाउदैनन् । देश भुटेर जनता भासेर कस्तो शासन गर्ने ? उदेक लाग्दो कुरा भएको छ । तराईको बिषयमा आएका कुराहरुले प्रष्ट हुदैनर ? फागु पूर्णिमाको अवसरमा सवैलाई शुभकामना ।