कुवेतसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल आज

७ चैत्र २०७५, बिहीबार १२:२८

काठमाडौं , दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज बिहिबार कुवेतको सामना गर्दैछ । नेपाल र कुवेतबीचको पहिलो मैत्रीपूर्ण खेल नेपाली समयअनुसार बेलुका ९ः१५ बजे सुरु हुनेछ ।
पहिलो पटक नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका योहान कालिनको पहिलो खेल हो । नेपालले दुई मैत्रीपूर्ण खेल कुवेतसँग खेल्न लागेको हो । नेपालले अर्को खेल मंगलबार खेल्नेछ ।
नेपाली टोलीमा राष्ट्रिय टोलीका ६ सदस्य छन् भने यू–२३ टोलीमा नयाँ खेलाडीले टोलीमा मौका पाएका छन् ।