आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षक पक्राउ

२३ फाल्गुन २०७५, बिहीबार १८:०६

दाङ , जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आफ्नै विद्यालयका विद्यार्थीलाई जवरजस्ती करणी गरेको आरोपमा एक जना शिक्षकलाई पक्राउ गरेको छ ।
सानीभेरी गाउँपालिकामा रहेको राप्ती ज्ञानोदय माविमा कार्यरत शिक्षक २३ वर्षीय प्रकाश खड्काले उक्त विद्यालयमा पशु प्राविधिक विषय अध्ययन गर्दै गरेकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न भन्दै बालिकालाई मोटरसाइकलमा राखेर गएका शिक्षक खड्काले जंगलमा जबरजस्ति करणी गरेको प्रहरीको भनाइ छ ।पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।