अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

१९ फाल्गुन २०७५, आईतवार १५:४०

काठमाडौँ, पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिनु भयो । अधिकारीलाई आइतबार अन्त्येष्टि गरिएको हो ।अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका थिए ।अधिकारीको अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।