हेलिकोप्टर दुर्घटनामा दुखद निधन भएको शोकमा शुक्रबार यती र तारा एयरको उडान बन्द

१६ फाल्गुन २०७५, बिहीबार १६:५८

काठमाडौं, निजी हवाई सेवा प्रदाक यती एयरलाइन्स तथा यतीकै सहायक कम्पनी तारा एयरलाइन्सले फागुन १७ गते शुक्रबार सबै उडान बन्द गर्ने भएका छन्।

एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको ताप्लेजुङमा भएको एयर डाइनेष्टी एयरको हेलिकोप्टर दुर्घटनामा दुखद निधन भएको शोकमा शुक्रबारका सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय गरिएको हो।साथै एयरलाइन्सले सेवा बन्द गर्दा यात्रुमा पर्न जाने असुविधाप्रति क्षमायाचना समेत गरेको छ।
दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरको निधन भएको थियो।