

काठमाडौं , कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको आयोजनामा यही फागुन १६ देखि १९ गतेसम्म ललितपुरको जावलाखेलमा बाह्रौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने भएको छ । सरकार र अन्य सरोकारवाला संघ संस्थाको साझेदारीमा सो मेला आयोजना गर्न लागिएको केन्द्रद्वारा जानकारी गराइएको छ ।