वर्तमान शिक्षा नीति बेरोजगार उत्पादन गर्ने कारखाना भयोः मन्त्री बिष्ट

१४ फाल्गुन २०७५, मंगलवार १०:३७

बुटवल , श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले वर्तमान शिक्षा नीतिले दक्ष जनशक्ति उत्पादन गर्न नसकेकोले शिक्षा नीति बदल्नुपर्नेमा जोड दिनु भएको छ । महेन्द्र आदर्श माविको हिरक महोत्सव उद्घाटन गर्दै मन्त्री बिष्टले बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउँदै शिक्षा नीति पनि बदल्नुपर्ने बताउनु भएको हो ।