आफूले पढेको विद्यालयलाई मन्त्री पुनद्वारा ५ लाख सहयोग

१३ फाल्गुन २०७५, सोमबार १७:४८

रोल्पा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि ५ लाख रुपैयाँ सहयोग गर्नु भएको छ ।
रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चले स्थापना गरेको १ करोड रुपैयाँको अक्षयकोषका लागि मन्त्री पुनले सो रकम सहयोग गर्नु भएको हो । २०४२ देखि आफूले माध्यमिक तहमा अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको उहाँले बताउनु भयो ।