
काठमाडौं, नेपाली बजारमा सोमबार सुनको भाउ तोलमा रु १०० ले बढेको छ । आइतबार तोलामा ६२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको भाउ आज बढेर ६२ हजार ७०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन ६२ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलमा रु ७८० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।
