प्रधानमन्त्री ओलीले आँपको विरुवा रोपेर आफ्नो ६८ औं जन्मोत्सव मनाउनु भयो

११ फाल्गुन २०७५, शनिबार १३:००

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोप्नु भएको छ ।
बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोप्नु भएको हो । यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोप्नु भएको छ । प्रधानमन्त्री ओलीलाई नेपाल कम्यूनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ,अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिनु भएको थियो । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिनु भएको हो ।