सरकारले कृषि, पर्यटन, उर्जालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढेको छः मन्त्री खनाल

९ फाल्गुन २०७५, बिहीबार १७:४५

अर्घाखाँची, कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले सरकारले कृषि, पर्यटन, उर्जालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले बिहीबार गरेको पत्रकार सम्मेलनमा मन्त्री खनालले सरकारले कृषि, पर्यटन, उर्जालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढेको दावी गर्नु भएको हो ।
उहाँले अर्घाखाँची जिल्लालाई कृषि क्षेत्रको विकासको लागि कागती खेती, बोयर बोका, दुग्ध उद्योगलाई व्यबस्थित गर्न मास्टर प्लानसहित अगाडि बढेको भन्दै मेलम्ची सिक्टा जस्ता आयोजनाको विवाद सकिएको बताउनु भयो ।