स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगको निःशुल्क उपचार सेवा डायलाइसिस विभिन्न १६ जिल्लामा विस्तार गर्ने

९ फाल्गुन २०७५, बिहीबार ११:४८

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला रोगको निःशुल्क उपचार सेवा डायलाइसिस विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ । डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो । हाल मन्त्रालयले मिर्गौला रोगका बिरामीलाई उपचारसेवा गरेवापत रु चार हजार, प्रत्यारोपणका लागि रु चार लाख, प्रत्यारोपण पश्चात औषधि सेवनका लागि रु एक लाख प्रदान गर्ने गर्दछ ।