
काठमाडौं, नेपाल एलपी ग्यास उद्योग संघले माग सम्बोधन नभए सम्पूर्ण एलपी ग्यास उद्योगहरु पूर्ण रुपमा बन्द गर्ने चेतावनी दिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विरोधका कार्यक्रमबारे जानकारी गराएको हो । संघले फागुन २८ गते देखि मुलुकभरका सम्पूर्ण एलपी ग्यास उद्योगहरु बन्द गर्ने र ३० गते देखि सम्पूर्ण ग्यास विक्रेताहरुबाट ग्यास विक्रिवितरण ठप्प पार्ने जनाएको छ । संघले फागुन १६ गते सम्म माग सम्बोधन नभए १७ गते देखि एलपी ग्यासको पिडिओ खरिद ठप्प पार्ने , सबै रिफाईनरीहरुबाट ग्यास लोडिङ्ग बन्द गर्ने, लोड भएका बुलेटहरु भन्सार नाकाबाट नछुटाउने लगायत कार्यक्रम सार्वजनिक गरेको छ ।
