
काठमाडौं , ताप्लेजुङ, खोटाङ, बाग्लुङ र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, फुङलिङ नगरपालिका– स्थित सडकमा ना।२१ प ५६२८ नम्बरको मोटरसाइकल सडकबाट खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक पाथिभरा याङबरक गाउँपालिका–१ नाङखोल्याङ बस्ने २५ वर्षीय अमिर बर्देवा र सिंचाई कार्यालय ताप्लेजुङमा कार्यरत २७ वर्षीया सिर्जना गुरुङ रहेकी छन् ।खोटाङ, खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित सडकमा ना।६ त ८९३८ नम्बरको ट्याक्टरबाट ओर्लीदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ वर्षीया सबिता नेपाली रहेकी छिन । प्रहरीका अनुसार बाग्लुङ, जैमीनी नगरपालिका–८ नेपानेस्थित सडकमा राकुमबाट केवईतर्फ जाँदै गरेको ध।१ ज ७९१ नम्बरको जिप सडक देखि ४ सय मिटर तल खस्दा मंगलबार साझ ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जैमिनी नगरपालिका–८ केवई बस्ने १९ वर्षीया प्रियंका पुन, ३० वर्षीया तुलसी राना पुन श्रीष, १४ वर्षीया एलिना पुन र १३ वर्षीया ज्योती पुन रहेका छन् । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको धौलागिरी अंचल अस्पताल बाग्लुङ र ४ जनालाई मणिपाल अस्पाल पोखरातर्फ उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । यस्तै मकवानपुर, मनहरी गाउँपालिका–९ जयश्री खरङ्गास्थित सडकमा ना।६ ख ६६७८ नम्बर ट्रक सडकबाट खस्दा सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका–४ बस्ने १९ वर्षीय रमेश गुरुङको मृत्यु भएको छ ।
