
काठमाडौं, राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले प्रजातान्त्रिक मुलुकको सरकार जनता प्रति उत्तरदायित्व बहन गर्नु पर्नेमा उल्टै जनता प्रति बोझ बन्दै गएको आरोप लगाउनु भएको छ । राजनीति कर्म र प्रजातन्त्रको मर्म बिपरित शासक चलेको बताउदै आम जनताले प्रजातन्त्रको अनुभूति गर्न नपाएको दाबी गर्नु भयो । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा आयोखवर संग कुरा गदै शर्माले जनताको स्वतन्त्रता, सुरक्षा र विकासको मुलभूत कुरा प्रजातन्त्र भएको बताउनु भयो । उहाँले सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन नसक्ने बताउनु भयो । उहाँले आम नागरिकमा गलत शासकका कारण नैराश्यता, वितृष्णा बढदै गएको पनि बताउनु भयो । उहाँले पछिल्लो समयमा मुलुकको राष्ट्रियता समेत निकै कमजोर स्थितिमा पुगेको दाबी गर्नु भयो । उहाँले त्रिभुवनले प्रजातन्त्रका लागि गरेको त्याग, उत्सर्ग र योगदानको स्मरण गर्नु पर्ने कुरामा जोड दिनु भयो । उहाँले फागुन १ मनाउनेहरूले फागुन ७ मनाउनु पाखण्ड प्रदर्शनमात्र हो भन्नु भयो । उहाँले पछिल्ला वर्षहरूमा जानीजानी फागुन ७ को अवमूल्यन गदै सत्ताधारीले शक्तिका आडमा सार्वभौम जनताको स्वतन्त्रतामा अतिक्रमण गर्दैआएको बताउनु भयो ।
