अमरेशलाई रावलको चुनौतीः आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पारिश्रमिक दिन्छु

६ फाल्गुन २०७५, सोमबार १४:५२

काठमाडौं, पशुपति शर्माको ‘लुट्न सके लुट’ बोलको गीतको बहस संसदमा पनि प्रवेश गरेको छ । सोमबार बसेको संसदको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरे लगत्तै नेकपाका सांसद झपट रावलले त्यसको काउन्टर गर्नु भयो । सुशील कोइरालाको सरकार भएको बेला ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका शर्माले अहिले अज्ञानतामा यस्तो गीत गाएको रावलले टिप्पणी गर्नु भयो । विपक्षी सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्टि जनाउंदै सांसद रावलले भन्नु भयो, ‘तपाई आफैं त्यो गीत गाउनुस्, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’