
काठमाडौं , भारत र पाकिस्तानको सिमाना जम्मु काश्मिरमा सोमबार बिहान भएको दोहोरो भिडन्तमा फेरि चार जना भारतीय सैनिक मारिएका छन् ।
काश्मिर पुलवा जिल्लाको पिंगलेना भन्ने ठाउँमा विद्रोहीका लडाकुहरु लुकेर बसेको सूचना मिलेपछि भारतिय सेनाका टोली त्यस क्षेत्रमा परिचालित भएको थियो । त्यहीबेला दोहोरो भिडन्त भएको थियो । भारतिय प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरिरहेका छन् ।
