नेपाल तयारी पोसाक संघको २७औँ वार्षिक साधारण सभा सम्पन्न, संघको अध्यक्षमा पुनः अर्याल

६ फाल्गुन २०७५, सोमबार १०:२९

काठमाडौं , नेपाल तयारी पोसाक संघको हालै सम्पन्न २७औँ वार्षिक साधारण सभाले चण्डीप्रसाद अर्यालको अध्यक्षतामा ११ सदसीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा ईमान सिं लामा, भुपेन्द्र कुमार बस्नेत, महासचिव असोक कुमार अग्रवाल, सहसचिव पशुपति देव पाण्डे, कोषाध्यक्ष संजय कुमार अग्रवाल चयन भएका छन् । भने सदस्यहरूमा क्रमशः सोमनाथ बस्याल, भिमकुमार गिरी, बसन्तराज अधिकारी र कृष्ण प्रसाद पाण्डे र राहुलमान शाक्य रहेको संघले जनाएको छ ।सो साधारण सभाको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गर्नु भएको थियो ।