
काभ्रे , काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नगर स्तरीय सहकारी समन्वय समितिको अध्यक्षमा सुमन नेपाल निर्वाचित हुनु भएको छ । मण्डन देउपुर नगर भित्र रहेका बहुउद्देश्यीय सहकारी, बचत तथा ऋण सहकारी, कृषि सहकारी, महिला सहकारी, पशुविमा सहकारी, दुग्ध उत्पादक सहकारी, पर्यटन सहकारीहरुको भेलाले नेपालको संयोजकत्वमा १५ सदस्यीय सहकारी समन्वय समिति गठन भएको हो ।
समितिको संयोजकमा सुमन नेपाल, सह–संयोजकमा रामचन्द्र श्रेष्ठ, सचिव अम्बिका ठकुरी सदस्यहरुमा राजन प्रसाद पराजुली, सुभद्रा नेपाल आचार्य, गणेश प्रसाद भट्टराई, ईश्वरी तामाङ लामा, उद्धव ढकाल, जोग बहादुर तामाङ, सरीता ढकाल, सरस्वती विक, अर्जुन बहादुर आचार्य, हिरा विक, रामकृष्ण तिमल्सिना र लक्ष्मी बजगाई भट्टराई निर्वा्चित हुनु भएको छ ।
