
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले एक बर्षे कार्यकालमा समृृद्धिको आधार तयार भएको बताउनु भएको छ ।बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालमा भएगरेका कामहरु सार्वजनिक गर्दै यस्तो कुरा बताउनु भएको हो । उहाँले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयनलगायतका काम गर्न सफल भएको बताउनु भयो । प्रधानमन्त्रीले २५ कानुन पारित, २३ विधेयक विचाराधिन २४ विधेयक प्रस्तुत भएको र लगानी मैत्री वाताबरणका लागि ऐन परिमार्जनको तयारी भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको समेत बताउनु भयो । त्यस्तै ८७ वटा पुल, ४१७ झोलुङगे पुल बनाएको, तथा जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको प्रधानमन्त्रीको भनाई छ । प्रधानमन्त्रीओलीले उपलव्धिका रुपमा व्याख्य गदै त्रिवि विमानस्थल २४ घण्टा सञ्चालन तथा अन्य विमानस्थलहरु पोखरा,लुम्बिनी, तथा निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गर्न तीव्र तयारी भएको बताउनु भएको छ ।
