
काठमाडौं , प्रहरीले कञ्चनपुरको पुनर्वासबाट १८ किलो सुन बरामद गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध महाशाखा, जिल्ला प्रहरी कार्यालय कैलाली र ईप्रका त्रिभुवन वस्तीबाट खटिएको संयुक्त टोलीले १८ किलो सुन बरामद गरेको हो । पुनर्वास नगरपालिका–२ स्थित त्रिभुवन बस्तिको उक्त घरमा लुकाएर राखेको अवस्थामा करिब १८ किलो सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । प्रहरीले सुन ओसार–पसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
