दुई कम्युनिष्ट पार्टी बीचको एकता पछि बनेको नेकपाले जनयुद्ध दिवस मनाउने

२९ माघ २०७५, मंगलवार १३:०२

काठमाडौं , माओवादी जनयुद्ध शुरू भएको सम्झनामा नेपाल कम्युनिस्ट पार्टी नेकपाले जनआन्दोलन तथा जनयुद्ध दिवस मनाउने भएको छ । नेकपाले जनयुद्धको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्न लागेको हो ।जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको सम्झनामा फागुन १ गते पार्टीका प्रदेश र जिल्ला कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम राखिने नेकपाले जनाएको छ । दुई कम्युनिष्ट पार्टी बीचको एकता पछि बनेको नेकपाले जनयुद्ध दिवस पहिलो पटक मनाउन लागेको हो । नेकपाको प्रदेशबाहेक जिल्ला कमिटी एकता नभइसकेकाले संयुक्त रूपमा कार्यक्रम राख्न निर्देशन दिएको नेकपाले जानकारी दिएको छ । सातै प्रदेश, जिल्ला कमिटी र भ्रातृ संगठनसमेतले जनयुद्धको सम्झनामा श्रद्धाञ्जली र विविध कार्यक्रम आयोजना गरेको नेकपाको भनाइ छ ।