दुई पार्टीबीच एकीकरणको सबै प्रक्रिया चाडै टुङ्गिने छः माधव नेपाल

२७ माघ २०७५, आईतवार १५:१३

हेटौंडा , नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउनु भएको छ ।
आइतबार हेटौंडामा आयोजित कार्यक्रममा उहाँले सरकारले काम गर्न खोजे पनि कतै लरबरिएको जस्तो भान भएको बताउनु भयो । सरकारको कमजोरी औल्याएर सुधारका लागि पार्टी सचिवालयमा गम्भीर छलफल हुने पनि नेता नेपालले जानकारी गराउनु भयो ।
नेता नेपालले दुई पार्टीबीच एकीकरणको सबै प्रक्रिया चाडै टुङ्गिने बताउनु भएको छ । उहाँले संगठनको निर्माण ढिला हुँदा काममा समस्या भएको भन्दै संगठनलाई चुस्त दुरुस्त बनाउन एकीकरण प्रक्रिया टुंगो लगाउनुपर्ने बिचार ब्यक्त गर्नु भयो ।