प्रचण्डको चेतावनीः जे गरेपनि हुन्छ भन्ने भ्रम पालीए अर्कै माओवादी जन्मन सक्छ

२६ माघ २०७५, शनिबार १२:४१

काठमाण्डौं , नेकपाका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माओवादीलाई सिध्याईहालियो भन्ने ठान्न थालियो भने दुभाग्यपुर्ण हुने चेतावनी दिनु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीले नेतृत्व गरेको सरकारमाथि गम्भीर प्रश्न उठाउनु भएको छ ।काठमाण्डौंमा आयोजीत ‘स्थानीय तह सञ्चालन ऐनः न्यायिक समिति, कार्यविधि र प्रक्रिया’ नामक पुस्तकको शुक्रबार विमोचन गर्दै प्रचण्डले माओवादीलाई सिध्याइहालियो, अब जे गरे पनि हुन्छ भन्ने नठान्न सुझाब समेत दिनु भयो । प्रचण्डले आक्रोस पोख्दै भन्नु भयो यदि त्यस्तो भुल गरियो भने अर्को माओवादी जन्मिन्छ, झन ठूलो लडाइँ हुने खतरा आउँछ ।’
प्रचण्डले शान्ति सम्झौताको मर्म विपरीत पुराना मुद्दाहरुलाई पुलिस कहाँ पठाउने र पक्राउ गर्न थालिएको भन्दै असन्तुष्टि पोख्दै भन्नु भयो , ‘हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा र्गयौं र संविधान बनाउँदा जेजति अधिकार प्रत्यायोजन गर्ने कुरा र्गयौं, त्यो इमान्दारिताका साथ लागु गरेनौं भने नचाहँदै नचाहँदै द्वन्द्व हुन्छ ।’