खत्रीसहित ४ जना घुससहित पक्राउ

२४ माघ २०७५, बिहीबार १४:१८

काठमाडौं, नेपालगन्ज सव–डिभिजन वन कार्यालय, राँझा, बाँकेमा कार्यरत रेन्जर जगविर खत्रीसहित ४ जना घुससहित पक्राउ परेका छन् ।

निजी नम्बरी जग्गामा लगाएका विभिन्न जातका गोलिया काठहरू टाँचा लगाई छुटपुर्जी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा पक्राउ परेका हुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले खत्रीसहित फरेष्टरद्वय बहादुर केसी, केशव बहादुर वली र वन रक्षक हरी कुमार चन्दलाई १० हजार घुससहित नियन्त्रणमा लिएको हो ।