देश विकासको मुख्य बाधक भनेको भ्रष्टचार होः मुख्यमन्त्री राउत

२३ माघ २०७५, बुधबार ११:१२

प्रदेश, २ का मुख्यमन्त्री लालबाबु राउतले देश विकासमा भ्रष्टचार, ढिलासुस्ती मुख्य बाधक रहेको  बताउनु भएको छ ।  तामाङ जातिको नयाँ वर्ष २८५५ सोनाम ल्होछार फाग ल्हो– सुङ्गुर वर्षको अवसरमा  सिरहाको गोलबजारमा आयोजित बृहत् सांस्कृतिक साँझको उद्घाटन गर्दै उहाँले  कुनै जाति, धर्म वा सांस्कृतिक पर्व विकासको बाधक नहुने  बताउनु भयो ।

‘बहुजातीय मुलुकका जनताका आ–आफ्ना मौलिक सांस्कृतिक पर्वमा एक दिन बिदा दिँदा विकास निर्माणमा कुनै बाधा पुग्दैन’ मुख्य मन्त्री राउतले भन्नु भयो ,   ‘त्योभन्दा बढी त भ्रष्टचार, कुशासन र ढिलासुस्तीले विकासको गति अवरुद्ध गर्छ ।’