फागुनभित्र कर्मचारी समायोजन सक्न कठिन

२३ माघ २०७५, बुधबार ०९:५५

काठमाडौं , आगामी फागुन ३ भित्र संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सिध्याउन कठिन देखिएको छ । संघीय मामिला ताथ समान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै समायोजन सक्ने गरी प्रक्रिया अघि बढाए पनि कर्मचारीको चौतर्फी दबाबका कारण समयमै सक्न सकस देखिएको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फारम भरेका छन् ।

मन्त्रालयले आइतबार नै करिब २ हजार उपसचिवको समायोजन सक्ने गरी काम अघि बढाए पनि केही समुहका उपसचिवहरुको संघमै रहनुपर्ने चर्को दबाबपछि प्रक्रिया नै अवरुद्ध भएको छ । पछिल्लो पटक प्रदेशमा पठाउन लागिएका १४ जना राजस्व समूहका उपसचिवका कारण समायोजन प्रक्रिया नै अवरुद्ध भएको हो । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।