सुनको भाउ तोलामा ६२ हजार ६०० पुग्यो

२२ माघ २०७५, मंगलवार १७:५५

काठमाडौं,  सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलमा ६२ हजार ६०० पुगेको छ।

अघिल्लो दिन तोलामा ६२ हजार ५०० रहेको थियो । यस्तै आज तेजावी सुन तोलमा ६२ हजार ३०० मा कारोबार भइरहेको छ।  चाँदी भने आज अघिल्लो दिनको तुलनामा रु ५ बढ्दै ७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।