नेविसंघ अध्यक्ष महर पक्राउ

२२ माघ २०७५, मंगलवार १७:२२

काठमाडौं,  नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर पक्राउ  पर्नु भएको छ ।मंगलबार दिउसो बानेश्वरमा नेविसंघले गरेको प्रदर्शनबाट उहाँलाई पक्राउ गरिएको हो । नेविसंघले देशव्यापी रुपमा गरेको प्रदर्शनका क्रममा कास्कीमा नेविसंघका कार्यकर्ता पक्राउ गरिएका थिए ।

उनीहरुको हिराइको माग गर्दै आज नेविसंघले बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा अध्यक्ष महरालाई पक्राउ गरिएको नेविसंघले जनाएको छ । उहाँलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।