बुटवल , प्रदेश–५ को प्रदेशसभाको पहिलो बैठक बसेको एक वर्ष पुगेको छ । सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि प्रदेश–५ का ८७ प्रदेशसभा सदस्यले गतवर्षको २७ पुसमा बुटवल उद्योग वाणिज्य संघको सभाहलमा शपथ लिएका थिए । एक वर्षको उपलक्ष्यमा स्थापना दिवससमेत प्रदेश सभाले मनायो ।

यो एक वर्षको अवधि भौतिक पूर्वधारको व्यवस्थापन, कर्मचारीको अभावका बीच पनि सफल भएको महसुस सत्तापक्षले गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले कर्मचारी अभाव भौतिक पूर्वाधारका बीच पनि प्रदेश सरकाले उपलब्धी हुने गरी काम गरेको बताउनु भयो । प्रदेशसभा स्थापना दिवसको अवसरमा बोल्दै प्रदेश प्रमुख उमाकान्त झा ले पूर्वाधार, जनशक्ति अभावको बाबजुत प्रदेशसभाले गरेको कार्यको मूल्यांकन गर्नुपर्ने बताउनु भएको छ । उहाँले समृद्ध नेपाल, सुखी नेपालीको नारालाई साकार पार्ने दायित्व सबैको रहेको भन्दै यसमा सबैले साथ दिनुपर्ने बताउनु भयो ।
