काठमाडौं , प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ। बैठकले आजदेखि संसद चल्न दिने निर्णय गदै छ ।

कांग्रेसले राखेको मुख्य माग सम्बोधन भइसकेको तथा डा गोविन्द केसीले पनि अनसन तोडिसकेको अवस्थामा कांग्रेस संसदीय दलको बैठकले आजको संसद बैठक अवरुद्ध नगर्ने निर्णय लिने कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिनु भयो ।आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र संसद अवरुद्धको कार्यक्रम टुंगिने खाँडले बताउनु भयो ।
