सामाजिक सञ्जाल चलाउन पाइने तर त्यसलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले ऐन ल्याउन लागेको होः सञ्चारमन्त्री बास्कोटा

९ फाल्गुन २०७५, बिहीबार १५:२६

काठमाडौं, सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्ला निराधार रहेको बताउनु भएको छ । मन्त्रिपरिषद बैठकबारे जानकारी दिन बिहिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले फेसबुक ट्वीटर युट्युव जस्ता सामाजिक सञ्जाल चलाउन पाइने तर त्यसलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले ऐन ल्याउन लागेको बताउनु भयो । उहाँले कुनै पनि व्यवसाय गर्न दर्ता हुनुपर्ने बताउदै फेसबुक लगायतका सामाजिक सञ्जाल अरु देशमा दर्ता गरेरै चलाइएको उल्लेख गर्नु भयो । कानुन नियम हरेक देशमा हुने भन्दै सरकारले पनि त्यसलाई प्रयोग गर्न खोजेको उहाँले बताउनु भयो ।