सडक दुर्घटनामा घाइते सांसद वलीको मृत्यु

१० फाल्गुन २०७५, शुक्रबार १०:२९

काठमाडौँ , प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार बिहान ३ बजे दुर्घटनामा घाइते वलीको उपचारका क्रममा निधन भएको हो । गत माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते वलीलाई उपचारका लागि मेडिसिटी अस्पतालमा राखिएको थियो ।