मदन भण्डारी विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्ने

२३ माघ २०७५, बुधबार १४:४२

काठमाडौं ,  मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढ्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मदन भण्डारी विश्वविद्यालयको प्रक्रिया अगाडि बढाउने जानकारी दिएको हो ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अब यो प्रक्रिया अघि बढेको बताउँदै १८ महिनाभित्र विश्वविद्यालयले पूर्णता पाउने आफूहरुले अपेक्षा गरेको बताउनु भयो ।  

मन्त्रालयले मन्त्रीपरिषद्को बैठकले उक्त विश्वविद्यालयको स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेकोले अब चाँडै प्रक्रिया अगाडि बढाइने बताएको छ ।