नेपाली क्रान्तीका अभिमन्यू’ नामक पुस्तकको बिमोचन

१३ फाल्गुन २०७५, सोमबार १०:४२

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकिएको बताउनु भएको छ । सहिद ऋषि देवकोटा ‘आजात’ को ३८ औं स्मृति दिवशमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
सहिद आजादले नेपाली जनताको मुक्ति र समानताका लागि जीवन आुहती दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भन्नु भयो, , “मेरो उहाँसँग भेट हुन पाएन । उहाँलाई पढें र सुने मात्र मैले । म जेलमै हुँदा उहाँ मारिएको खबर पाएँ । तर पनि उहाँलाई म बाटो नबिराउने गुरुको रुपमा स्मरण गर्दछु ।”
बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आजादको स्मृति प्रकाशन गरिएको ‘सहिद ऋषिराज देवकोटा आजाद नेपाली क्रान्तीका अभिमन्यू’ नामक पुस्तकको पनि बिमोचन गर्नु भएको थियो ।