डा केसीलाई अनशन तोड्न देउवाको आग्रह

१८ माघ २०७५, शुक्रबार १२:०२

काठमाडौं, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नु भएको छ ।

देउवाले डा केसीलाई शिक्षण अस्पताल महाराजञ्जमा भेटेर सत्याग्रहप्रति सरकार उदासीन र असहिष्णु रहेको भन्दै अनशन तोड्न आग्रह गर्नु भएको हो । ‘तपाई‌को मागमा नेपाली काँग्रेस र मेरो आफ्नो पनि समर्थन छ । तर तपाई‌को सत्याग्रहप्रति सरकार संवेदनशील देखिएन,’ देउवाले भन्नुयो ।