चित्रबहादुर केसीको दाबी राजा वा सेना ल्याउने खेल सुरु भयो

२६ माघ २०७५, शनिबार १४:१८

बुटवल , राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ नेकपालाई फुटाएर देशमा राजा वा सेना ल्याउने खेल भइरहेको बिचार ब्यक्त गर्नु भएको छ । नाम मात्रैको भएपनि कम्युनिष्ट सरकार बनेको प्रतिगामी शक्तिहरुलाई मन नपरेको भन्दै उहाँले नेकपालाई फुटाउने प्रयास भइरहेको बताउनु भयो । शनिबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजमो अध्यक्ष केसीले हिन्दु राष्टको मुद्दा जोडतोडले उठ्नु, राप्रपाको एकता प्रयास, पूर्वराजा ज्ञानेन्द्रको बेलाबेलाका अभिव्यक्ति आदिले गणतन्त्रमाथि कालो बादल मडारिइएको उहाँले बताउनु भयो । भेनेजुएला प्रकरणले पनि नेकपामा द्वन्द्व बढाउने केसीको दावी छ । ‘पूर्वमाओवादीहरु अमेरिकी हस्तक्षेपको विपक्षमा छन् तर, पुर्व एमालेहरु अमेरिकाविरुद्ध उभिन डराइरहेका छन् । यसले पार्टीभित्र स्पष्ट दुई लाइन देखिएको छ’, केसीले भन्नु भयो । भ्रष्टाचार, महंगी नियन्त्रण नहुनु, दलहरु भागवण्डा र नेताहरु आफ्नै सेवा सुविधा बढाउन लिप्त भएकाले जनतामा पनि संघीयताप्रति वितृष्णा बढेको केसीको तर्क छ । ‘एउटा सरकार पालिन नसकेको नेपालमा सातसात वटा सरकार कसरी पाल्ने भन्ने जनतामा परेको छ’, केसीले भन्नु भयो ।