ओली सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेनः नेता पौडेल

६ फाल्गुन २०७५, सोमबार १३:०८

काठमाडौँ , नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टचार नियन्त्रण गर्न नसकेको आरोप लगाउनु भएको छ ।
सोमबार तनहुँको व्यास नगरपालिका ११ को बेलटारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले ओली सरकारले भ्रष्टचार नियन्त्रण गर्न नसकेकोले मुलुक समृद्धिको बाटोमा अगाडि बढ्न नसक्ने दाबी गर्नु भयो । मुलुक अहिले समृद्धिको बाटोमा भन्दा पनि भ्रष्टचार र बेथितिको बाटोमा अघि बढेको पौडेलको दावी छ । पौडेलले काँग्रेस निष्ठाको राजनीति गर्ने पार्टी भएको भन्दै सबै नेता कार्यकर्ताहरु निष्ठावान बन्नुपर्नेमा जोड दिनु भयो ।