ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको कांग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतको दाबी

३ फाल्गुन २०७५, शुक्रबार १४:३९

काठमाण्डौ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष पूरै असफल भएको दाबी गदै आरोप लगाउनु भएको छ । शुक्रबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता महतले यो एक वर्षमा सरकारले जनतालाई पुरै निराश बनाएको आरोप लगाउनु भएको हो । उहाँले मुल्यवृद्धि आकाशिएको, व्यापार घाटा बढेको र लगानी घटेको बताउनु भयो । उहाँले भन्नु भयो , ‘अहिले ५० प्रतिशत लगानी घट्यो । कर बढिरहेको छ । बैंकको व्याजदर बढिरहेको छ ।’त्यस्तै उहाँले संस्थागत भ्रष्टाचार बढिरहेको पनि आरोप लगाउनु भयो । मेलम्ची खानेपानी आयोजना अनिश्चित् बनेको पनि उहाँको आरोप छ । महतले सरकारले सुशासन कायम गर्न नसकेको गम्भिर आरोप लगाउनु भयो । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई कार्यान्वयन र संस्थागत गर्नतर्फ लाग्नुपर्ने उहाँको सुझाव छ । सरकारले कर्मचारीतन्त्रलाई पुरै पार्टीकरण गरेको पनि महतले आरोप लगाउनु भयो । परराष्ट्र नीतिमा पनि वर्तमान सरकार पुरै असफल भएको उहाँको आरोप छ । एशिया प्यासिफिक समिटमा पनि सरकार नै संरक्षक बनेको र प्रधानमन्त्री केपी शर्मा ओली तीन दिनसम्म होटेलमै बसेको भन्दै महतले आलोचना गर्नु भयो । महतले अहिले नेपालको आर्थिक नीति पनि पुरै असफल भएको दाबी गर्नु भयो ।