जेल गएकै दिन झ्यालमा झुन्डिएर आत्महत्या

१७ माघ २०७५, बिहीबार १०:०८

दोलखा , श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङ्वा शेर्पाले गएराति कारागारभित्रै झन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठककले जानकारी दिनुभयो ।शेर्पाकी श्रीमती सर्किनी शेर्पा गत पुस १६ गते आफ्नै कोठामा पासो लगाई मृत अवस्थामा फेला परेकी थिइन् ।

उक्त अभियोगमा गत पुस २० गते पक्राउ परेका शेर्पालाई २४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपछि मंगलबार अदालत पेस गरिएको थियो ।प्र्रहरीका अनुसार अदालतको आदेशपछि कारागार चलान गरिएका शेर्पा मध्यराति शौचालय गएका थिए । लामो समयसम्म नआएपछि खोजतलास गर्दा उनी झ्यालमा झुन्डिएको अवस्थामा फेला परेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।