काठमाडौं , पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आमरण अनसनरत डा। गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको बताउनु भएको छ ।

बुधबार दिउँसो डा। केसीलाई भेट्न शिक्षण अस्पतालस्थित अनसनस्थल पुगेर उहाँले डा। केसीको माग पूरा गर्दा कसैको हार नहुने, जनताको जित हुने बताउनु भयो । कार्कीले भन्नु भयो, , ‘आज मेडिकलको क्षेत्रमा जुन सुधार आएको छ, यो उहाँकै लडाईबाट आएको हो । त्यसमा अलिकति माथेमा कार्यदलको छ ।’सरकारले थोरै मागलाई किन अड्काएर जिद्दी गरेको आफूले नबुझेको उहाँले बताउनु भयो । ‘डा। केसीको माग पुरा गर्यो भने राष्ट्रको जित हुन्छ, प्रधानमन्त्रीको जित हुन्छ’ ।डा केसीको माग पूरा गर्न ढिला भइसकेको उहाँले बताउनु भयो ।
